काठमाडौँ । प्रहरीले अधिवक्ता स्वागत नेपाललाई रिहा गरेको छ ।
राजावादीले शुक्रबार राजधानीको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेको नेपाल रिहा भएका हुन् ।
प्रहरीले उनको घटनामा संलग्नता नदेखिएको निष्कर्षसहित रिहा गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटना भएको दिन उनी परीक्षामा रहेको पुष्टि भएकाले रिहा गरिएको बताईएको छ ।