काठमाडौँ । गणतन्त्र पक्षधर राजनीतिक दलहरूका प्रमुख नेताहरुबीचको बैठकले शुक्रबारको षड्यन्त्रमूलक घटनाको मुख्य योजनाकार पूर्वराजा भएको निष्कर्ष निकालेको छ ।
बैठकले संविधान विरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमूलक गतिविधिको मुख्य योजनाकार पूर्वराजा शाह भएको निष्कर्ष निकालेको हो ।