६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका एक सय छ खानेपानी मुहानमा कोलफर्म भेटियो

अ+ अ-

बागलुङ । जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलफर्म) भेटिएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठे खोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोल फर्म परीक्षण गरेको थियो ।

सबैभन्दा बढी जैमिनी नगरपालिका र काठे खोला गाउँपालिकाको खानेपानीमा कोल फर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो । परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोल फर्म भेटिन सक्ने आचार्यको भनाइ छ ।

जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानीमा कोल फर्म परीक्षण गरिरहेको छ । धेरै ठाउँबाट परीक्षण गर्न आग्रह गरेकाले बिस्तारै सबै स्थानीय तहमा परीक्षण गरिने उनको भनाइ छ ।

आचार्यले भने, “हामीले जिल्लाको धेरै ठाउँमा पुगेर खानेपानीको मुहान परीक्षण गर्दा कोल फर्म फेला परेको छ, कोल फर्म भएको पानी पिउनका लागि उपयुक्त हुँदैन, यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बीलगायत पानीजन्य रोग लाग्छ, त्यसले गर्दा जनस्वास्थ्य कार्यालयले जनचेतना मूलक कार्यक्रम गरी रहेको छ ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार मुहान सरसफाइ र संरक्षणमा लाग्ने बताए । कोल फर्म देखिएको मुहानलाई व्यवस्थित गरी आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उनको भनाइ छ । 

“कोलिमर्फ नियन्त्रणका लागि नगरपालिकाबाट हुने प्रयास गर्छौँ, अन्य निकायबाट प्राविधिक सहयोग लिन्छौँ, कोल फर्मबाट पर्ने असरबाट बच्न आम नागरिकलाई सचेत बनाउँछौँ”, उपप्रमुख शर्माले भने, “धेरै मुहानमा कोल फर्म भेटिएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, यसप्रति हामी गम्भीर भएका छौँ ।”

प्रतिक्रिया दिनुहोस