७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा जंगली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

अ+ अ-

झापा । गत फागुनमा हल्दीबारी गाउँपालिका-४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो ।

भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल-७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाए। यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए ।

बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए । सोही अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । बि.सं. २०६२ देखि हालसम्म झापामा २२ वटा जंगली हात्तीको मृत्यु भएको डा. भालले बताए ।

पशु चिकित्सक भालका अनुसार हात्तीको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रूपमा कठिन छ । उनले तत्कालीन उपायको रूपमा समुदायमा जनचेतना फैलाउन सके मात्र मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने बताए ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा जंगली हात्तीबाट पीडित पाँच सय १० जनालाई राहत वितरण गरिएको छ । जसमध्ये दुई जना घाइतेलाई रु. दुई लाख ६१ हजार एक सय २०, घर गोठ क्षति भएका एक सय ४८ घरपरिवारलाई रु. २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका एक सय २७ परिवारलाई रु. नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका तीन सय ७१ परिवारलाई रु. ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ ।

कार्यालयका अनुसार चालु आवमा मन्त्रालयबाट चार जना मृतकको परिवारलाई जनही रु. १० लाखका दरले रु. ४० लाख र ३३ जना पीडितलाई रु. ५२ लाख ९९ हजार नौ सय २८ राहत वितरण गरिएको छ । पशु चिकित्सक डा. भालका अनुसार मृतकका परिवारलाई जनही रु. १० लाख, घाइतेलाई अवस्था हेरी रु. दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा रु. पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा रु. १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम २० हजारसम्म डिभिजन वनले राहत रकम उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा हात्तीको आक्रमणबाट मानव क्षति बढ्दो छ । यसको दीर्घकालीन समाधान खोज्न नसकिए पनि जनचेतना अभिवृद्धि, उचित राहत व्यवस्थापन तथा प्रभावकारी वन व्यवस्थापनमा ध्यान दिइरहेको डिभिजन वन झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस