१९ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकै छोडेर कफी खेतीमा महाभारतका किसान

अ+ अ-

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका-५ मुख्य टोलका नीरज पुलामीले कफी खेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका छन् ।

यसअघि उनी मकै खेतीको भरमा थिए । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गरेका उनले हाल नयाँ बोटहरू रोप्ने तयारीमा बारीभरि खाल्डो खनेका छन् । “यस वर्ष मात्रै चार सय किलो फल्यो”, उनले भने, “केही बिक्री भयो, केही बाँकी छ ।” दाजुभाईकोसहित गरेर उनीहरूले १८ रोपनीमा कफी लगाएका छन् । कफी काँचो प्रति केजी रु. एक सय ३० र सफा गरेर सुकाएपछि रु. आठ सय ३० सम्ममा बिक्री गरेको उनले बताए ।

करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती सुरु गरेका सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्दा कफीबाट राम्रो आम्दानी भएपछि कफी खेतीलाई प्राथमिकता दिएका छन् । स्थानीय सरकारले सिँचाइको व्यवस्था गरिदिएमा अझ उत्पादन वृद्धि गर्न सकिने मोक्तानको भनाइ छ ।

नीरज र लालबहादुर मात्रै होइनन् । यहाँका अधिकांश किसान कफी खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जीविकोपार्जनमा टेवा पुगेको स्थानीय कान्छा ब्लोन बताउँछन्। मकैले खाद्यान्नका रूपमा मात्रै धान्ने गरेकामा कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको उनले बताए ।

महाभारत गाउँपालिका–४ कोलटार लामागाउँका जगतबहादुर र शङ्खलाल थोकरले कफी खेती गरेर वार्षिक रु. १५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

वडा नं. ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरूले कफी खेतीमा चासो दिनथालेपछि कफी उत्पादनलाई अभियानकै रूपमा अगाडी बढाएको बताए । त्यसमा सिँचाइको आवश्यक भएकाले गाउँपालिका र प्रदेश सरकारले सहयोग गरेमा यहाँको किसानको जीवनस्तर परिवर्तन गर्न सकिने उनको भनाइ छ ।

महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेडले कफीका लागि आवश्यक तालिम, प्रशोधन गर्ने मेसिन, सुकाउने तारजाली, त्रिपाललगायतका सामग्री सहयोग गर्दै आएको संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिकाले किसानको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने गतिलो माध्यम कफी खेती भएकाले पालिकाले अनुदानमा खेतीलाई व्यवसायीकरण गर्दै लगेको बताए । डाँडापारिको जनताको लागि पहिलो आवश्यकता बाटो र बिजुली रहेकामा त्यसलाई पूरा गरेर हाल नागरिकको जीवनस्तर माथि उठाउन कफी उत्पादनमा जोड दिएको र बिरुवा वितरण, प्रशोधन उपकरणलगायत अन्य सामग्री वितरण गर्दै आएको उनले बताए ।

कफी खेतीलाई वृद्धि गर्न पालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ अभियान चलाएको र सो विवरण कृषि शाखामा पेस गरेर एक बोट बराबर रु. २० का दरले अनुदान दिँदै आएको उनको भनाइ छ । सोही योजनाअनुसार वडा नं. ५ मा कफी उत्पादन अभियानलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारसँगको साझेदारीमा ‘समुदायमा आधारित एक वडा, एक उत्पादन’ कार्यक्रम लागू गरिसकेको उनले बताए ।

कृषि विकास कार्यालय प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट समुदायमा आधारित एक वडा, एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व वृद्धिका लागि कफी प्रशोधन प्रविधि विषयक तालिम प्रदान गरिएको बताए । महाभारत गाउँपालिकामा कफी उत्पादनको काम सम्झौता गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइसकेको र खानी खोला गाउँपालिकामा सम्झौताको चरणमा रहेको उनले जानकारी दिए ।

यस वर्ष मात्रै ४० हजार कफीको बिरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय कफी उत्पादनमा जोड दिने कृषि कार्यालयले जनाएको छ । त्यसका लागि किसानलाई पलपर मेसिन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगका समस्या समाधानका लागि तालिम दिइरहेको कार्यालय प्रमुख दवाडीको भनाइ छ ।

यस वर्ष सो वडामा प्रदेश सरकारको रु. ३० लाख, गाउँपालिका र किसानको १०/१० लागत गरी रु. ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधिको प्रयोग र सामग्री वितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस