६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेले भने-‘ममाथि सरकारको षड्यन्त्रको सिलसिला रोकिएको छैन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् ।

‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’

भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताएका उनले काँग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको चर्चा गरे ।

‘बलियो सरकार बनाउने सम्भावना काँग्रेस-एमालेले समाप्त गरे । राम्रो गर्नलाई होइन, आफूलाई बचाउन यिनले सरकार बनाएका हुन्,’ उनले भने ।

सरकारले आफ्नो टाउकोमा तरबार झुन्ड्याएर तह लगाउन खोजे पनि आफू नलग्ने उनको भनाइ थियो । ‘सरकारलाई लागेको होला टाउकोमा तरबार झुन्ड्यायो भने यो डराउँछ । तर, म जुन सुकै परिस्थितिसँग जुध्न तयार छु । सरकारले मेरो शिरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु,’ उनले भने, ‘लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाक्षी मान्छे म होइन ।’

म आगो कहाँ बल्ला र तापौँला भनेर बसेको मान्छे होइन, जनतामा आक्रोश आएको छ । त्यसलाई चिर्नुपर्ने छ, बदल्नुपर्ने छ ।

हामीले घण्टी बजायौँ । २१ जना संसदनमा आएपछि सच्चिए होलान् भन्ने लागेको थियो, तर यिनीहरुले चेतेनन् ।

प्रतिक्रिया दिनुहोस