काठमाडौँ । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन अन्तर्गत मतदान सकिएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान चलेको थियो ।
निर्वाचन समितिका अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार यहाँ कुल ३ हजार १ सय १८ मत खसेको छ ।
त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता थिए । करिब ५० प्रतिशत मात्रै मत खसेको छ ।
त्रिवि क्याम्पसमा विद्युतीय मतदान भएको थियो ।