८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार फेरिँदा नियुक्ति पाएकालाई स्वतः पदमुक्तको विधि अपनाऔँ : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवाबाट नियुक्ति हुने बाहेक अन्य प्रक्रियाबाट सरकारले गर्ने नियुक्ति सरकार फेरिँदा स्वतः पदमुक्त हुने विधि अपनाएर जान सकिने सुझाएका छन् ।

‘सल्लाहकारदेखि, महान्यायाधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म त अहिले प्रधानमन्त्री फेरिँदा स्वतः फेरिने व्यवस्था हामीले गरेका छौँ,’ उनले भने, ‘खासगरी लोकसेवाले नियुक्त गरेका बाहेक अरूमा त्यही विधिमा जाऔँ । यसमा सल्लाह गरौँ ।’

एक जना कर्मचारीको विषयमा प्रश्न उठाएर सदन अवरुद्ध गरिएको उनले बताए । ‘महत्त्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ,’ उनले भने, ‘राष्ट्रसेवक कर्मचारीको गुणरदोष टिप्पणी गर्ने स्थलचाहिँ गरिमामय संसद् हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीको गुणरदोष टिप्पणी गर्ने स्थल संसद् नभएको पनि बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विषयमा संसद्‌मा जवाफ दिनुपर्ने बाध्यकारी स्थिति बनेपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् । व्यक्ति(व्यक्तिको नियुक्ति वा कारबाहीका विषयमा संसद्‌ले हात हाल्यो भने संसद्ले आफ्नो मुख्य काम गर्न नपाउने उनको भनाइ थियो ।

कानुन निर्माण गर्नुपर्ने आफ्नो दायित्वबाट पन्छिएर संसद्‌ले कर्मचारीको नियुक्ति, सरुवा, प्रमोसन, नसिहत वा सम्मान पुरस्कार लगायतका विषयमा हात हाल्न नहुने उनको सुझाव थियो ।‘त्यता हात हाल्न थाल्यो भने संसद्‌का कामकारबाही छुट्छन्, जस्तो अहिले छुटिराखेका छन्,’ उनले भने, ‘यस्तो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

सरकारले गत साता प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई उनको जिम्मेवारीबाट हटाएको थियो । त्यसलाई लिएर प्रमुख प्रतिपक्षी माओवादीसहितका विपक्षी दलले संसद्‌मा प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका थिए ।

प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सार्वजनिक महत्वका विषयमा जवाफ दिएपछि संसद् सञ्चालनमा आएको हो । उनले व्यक्ति(व्यक्तिका विषय वा अन्य कारबाहीमा सदन विभाजित हुन नहुनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस