३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध फौजदारी मुद्दा

अ+ अ-

चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ।

भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा मुद्दा दायर भएको खुल्न आएको हो।

चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले रुपाखेतीविरुद्ध जालसाजी मुद्दा दर्ता भएको पुष्टि गरे। “दुनियाँबादी फौजदारी मुद्दा दर्ता भएको देखिन्छ,” सूचना अधिकारी विश्वकर्माले बताए।

रुपाखेती हालको केपी ओली नेतृत्वको सरकारका पालामा जर्मनीका लागि नेपाली राजदूत पदमा नियुक्त भएका थिए। संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी राष्ट्रपतिबाट अनुमोदन भएसँगै पदभार ग्रहण गरेका रुपाखेतीविरुद्ध दायर भएको दुनियाँबादी फौजदारी मुद्दाले कूटनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा राजदूत रुपाखेतीसँग सम्पर्क हुन सकेन।

*अपडेट गरिएको

प्रतिक्रिया दिनुहोस