काठमाडौँ । भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्ने विरुद्ध आरोप पत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ६ बस्ने भोजराज भट्टराईविरुद्ध मुद्दा दायर गरेको हो ।
वादी नेपाल सरकार प्रतिवादी धनेश्वर प्रसाईँसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी भट्टराईले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार सरकारी साक्षीको रूपमा पेस गरिएका भट्टराईले प्रतिवादी प्रसाईँ समेतलाई रू. तीन लाख घुसररिसवत दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएकोले निजलाई सोही बमोजिमको बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।