काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले संसद्को हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छिन् ।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाको बुझाइमा चुनौतीपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाइन् ।
कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वभाविक रूपमा अलिकति अगाडि बढेको महसुस आफूहरूले नगरेको उनले बताइन् ।
‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतीपूर्ण हामीले देख्यौँ । कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वभाविक रूपमा अलिकति अगाडि बढेको महसुस भयो । अन्यथा धेरै विषयहरू अलि नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने बुझाइ छ ,’ गौतमले भनिन् ।
रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महसुस गरेको उनको भनाइ थियो ।
‘हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बनको प्रक्रिया हामीले अलिकति नियन्त्रण महसुस गरिरहेका हौँ,’ उनले भनिन्, ‘त्यसकारण संसदको गएको अधिवेशन अभ्यासका हिसाबले निकै चुनौतीपूर्ण, नियन्त्रणमुखी भएको महसुस गरेका छौँ ।’