५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईले भने-‘हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसाबले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी दिए। उनले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताए ।

सचिव भट्टराईले भने, ‘‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्त्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसाबले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बिचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरू गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू यो हिउँदे अधिवेशनमा प्रस्तुत गरेको छ ।’’

सचिव भट्टराईले प्रधानमन्त्रीले चार/चार पटक संसद्लाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसद्लाई विशेष महत्त्व दिएको पाएको पनि बताए । हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताए । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको बताए।

उनले भने, ‘‘सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको सम्बन्धमा बनेको ऐनलाई विधेयकको रूपमा ल्याएको छ । नागरिकता संशोधन विधेयक ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरणसम्बन्धी दुई वटा विधेयकहरू जो दशकौंदेखि यो कानुन बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानुन नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ । यद्यपि म संस्कृति, पर्यटन भएको बेलामा पनि यो विधेयक राष्ट्रियसभाबाट हामीले पारित गरिसकेका छौँ ।’’

प्रतिक्रिया दिनुहोस