७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीका मन्त्री थापाले सामाजिक सेवामा खर्चिए तलब भत्तामार्फत आएको ७९ लाख 

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलब भत्तामार्फत आएको रकम सामाजिक काममा खर्चिएका छन् ।

उनले २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य भएयता प्राप्त भएकोमा थप गरी ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक काममा खर्च गरेका हुन् ।

मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले २०७४ यता ५८ लाख ५८ हजार ५४३ रुपैयाँ प्राप्त भएको र त्यसमा करिब २१ लाख थप गरी सामाजिक कामका खर्च गरेको बताएका हुन् ।

‘जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो । मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु’, उनले भने ।

यसवर्षमात्रै उनले १० लाख एक हजार ३२४ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेका छन् । शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवर्द्धन, महिला तथा युवाहरूको सशक्तीकरण, विपन्न परिवारलाई आर्थिक सहयोग जस्ता कार्यमा सहयोग गरेको मन्त्री थापाले बताए ।

मन्त्री थापाले हाल सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट ‘फ्राइडे फर फ्युचर’, ‘सिक्दै कमाउँदै’, योग तथा ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’, प्राविधिक शिक्षाको पूर्वाधार निर्माण, महिला तथा युवा सशक्तीकरण कार्यक्रम सञ्चालन भइरहेको थापाले सुनाए । यस्तै, भाषा आयोगको सिफारिसमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने विधेयक सदनमा छलफलको क्रममा रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस