२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिनबहादुर गुरुङले भने-‘दुर्गा प्रसाईँ गुण्डा नाइके हो, भाटभटेनीमा ढुंगा हानेर राजसंस्था फर्किँदैन’

अ+ अ-

काठमाडौँ। भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । गुरुङले प्रसाइँलाई राज्यले पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको दाबी गरे ।

बुधबार भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गरेपछि अध्यक्ष गुरुङले भने, ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’

उनले राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको बताए । प्रसाइँको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे । उनले भने, ‘मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ?

रवाडी भगाउन सम्भव छ ?देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’

चैत १५ गते शुक्रबार दुर्गा प्रसाइँको कमाण्डिङमा राजावादी समूहको प्रदर्शनका क्रममा कोटेश्वरस्थित सुपर मार्केटमा प्रदर्शनकारीले तोडफोड र लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस