२१ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ । गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार घाँसे मैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइएको बताउँदै निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयसहितको टोलीले डढेलो लगाएर नियन्त्रणमा लिएका जानकारी दिए । उनका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र पश्चिम क्षेत्रमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो लगाइएको थियो ।

“घाँसेमैदानमा भएका ज्वलनशील पदार्थमा डढेलो लगाएर नियन्त्रणमा लिएका हौँ”, सूचना अधिकारी मगरणले भने। निकुञ्जमा नेपाली सेना र निकुञ्ज कर्मचारीले डढेलो लगाएका बताउँदै मध्यवर्ती सामुदायिक वनमा उपभोक्ता समितिहरूले निकुञ्जको समन्वयमा नियन्त्रित रूपमा घाँसे मैदान व्यवस्थापनका लागि डढेलो लगाएका उनले जानकारी दिए । 

अहिले नियन्त्रित डढेलो लगाइसकिएको बताउँदै उनले अग्नि रेखा व्यवस्थापनको कामलाई तीव्र बनाइएको मगरले जानकारी दिए । उनले भने, “निकुञ्जभित्र रहेका अग्नि रेखाहरूको  व्यवस्थापनको काम भइरहेको छ । सरसफाइ गर्ने, नयाँ अग्नि रेखा बनाउनेलगायत काम भइरहेका छन् ।” पछिल्ला दिनमा अनियन्त्रित डढेलो लगाउन सुरु भएकाले यसलाई रोक्न नेपाली सेना र निकुञ्ज कर्मचारीसहित २० जनाको संयुक्त ‘रेस्पोन्स’ समूह बनाएर काम भइरहेको उनले बताए ।

निकुञ्ज क्षेत्रमा भन्दा अहिले मध्यवर्ती क्षेत्रमा अनियन्त्रित डढेलो बढी लगाइएको पाइएपछि टिमले ती डढेलो नियन्त्रण गर्दै आइरहेको निकुञ्जका सूचना अधिकारी मगरले बताए । उनका अनुसार निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफल घाँसे मैदान रहेकामा अहिले तीन सय हेक्टर क्षेत्रफलको घाँसे मैदान व्यवस्थापन गरिएको छ ।

“नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने ढड्डी, फोहर, पातलगायत घाँस डढ्ने गर्दछ । घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने भएकाले जनावरलाई चरनका लागि सहज हुन्छ”, मगरले भने । उनका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति गर्दैन । डढेलोपछि उम्रने कलिलो घाँसका कारण वन्यजन्तु बस्ती पस्न पनि कम हुने उनले विश्वास व्यक्त गरे । वसन्तयममा घाँस तथा बुट्टयानमा नयाँ पालुवा पलाउने मौसम भएकाले नियन्त्रित डढेलो लगाउने गरिन्छ ।

यस निकुञ्जमा गैँडा, बाघ, हात्ती, चित्तललगायत दुर्लभ वन्यजन्तुहरू छन् । यहाँ विश्वभरबाट पर्यटक जंगल सफारीका लागि आउने गर्दछन् । नियन्त्रित डढेलो लगाएर निकुञ्ज सफा भएपछि निकुञ्जभित्रको बाटोबाट टाढाटाढासम्म वन्यजन्तु देख्न सकिन्छ । डढेलोपछिको मौसममा पर्यटकहरूले सहजै वन्यजन्तु देख्ने भएकाले सफारीका लागि रुचाउने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस