११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वसाधारणको सबै बचत सहज रूपमा फिर्ता गराउन सहकारी अभियानले दायित्वबोध गरोस् : कार्यवाहक प्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणको सबै बचत सहज रूपमा फिर्ता गराउन सहकारी अभियानले थप दायित्वबोध गर्नुपर्ने बताएका छन्।

 ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बुधबार काठमाडौँका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका सदस्यहरू पीडित बन्ने अवस्था आउनै नहुनेमा जोड दिए । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री रहनुभएका सिंहले सहकारी मर्यादित हुनुपर्नेमा जोड दिए। 

‘नेपालमा रहेका ३१ हजार भन्दा बढी सहकारी संस्थाहरूमध्ये विगत केही समयदेखि केही सयको संख्यामा रहेका सहकारी संस्थाहरूमा सर्वसाधारण जनताको बचत रकम फिर्ताको समस्या देखिएको छ । सहकारीमा सदस्यहरू नै केन्द्रीय तत्त्व हुन्छन् उनीहरू पीडित बन्नुपर्ने अवस्था आउनै हुँदैन । तसर्थ केही सय सहकारीमा मात्र देखिएको समस्या हो भनेर हामी चुप बस्न सक्दैनौँ । हाम्रा प्रयासहरूलाई अझ धेरै प्रभावकारी बनाउन नेपाल सरकार प्रतिबद्ध छ ,’ उनले भने,‘ हालसालै सहकारी ऐनमा समसामयिक संशोधन गरी राष्ट्रिय  सहकारी नियमन प्राधिकरणको स्थापनाका साथै अन्य व्यवस्थाहरू गरी सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न र सहकारी क्षेत्रमा सुशासन कायम गर्न कटिबद्ध छ ।  सर्वसाधारणको सबै बचत सहज रूपमा फिर्ता गराउन सहकारी अभियानले पनि थप दायित्वबोध गरोस् ।’ 

 सहकारी आफैमा आर्थिक, सामाजिक जागरणको अभियान पनि भएको भन्दै उनले  संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार स्तम्भको रूपमा स्वीकार गरेको बताए ।  सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति संविधानमा नै आत्मसात् गर्ने मुलुकको रूपमा नेपालको छुट्टै पहिचान स्थापित भएको पनि सिंहको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस