६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा भाँडभैलो मच्चाएर सत्ता कब्जा गर्ने षड्यन्त्र गरेको बताएका छन् । 

रुपन्देही पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रले आफ्नो हातमा शासन लिने प्रयास गरिरहेको बताए ।

महामन्त्री थापाले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाउन चाहनुहुन्छ । भाँडभैलो मच्चाएर, उत्पात मच्चाएर सत्ता कब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन लिएर चलाउन खोज्दै हुनुहुन्छ । यसमा कुनै लुकाउनुपर्ने कारण छैन ।’

उनले काँग्रेस जन्मजात राजा चाहिँदैन भन्ने पार्टी नभएको पनि बताए ।

थापाले भने, ‘बीपी कोइरालालगायतले यो पार्टी बनाउँदै गर्दा त्रिभुवन राजा जतिबेला भागेर भारत जानुभयो, त्यो बेलामा उहाँलाई भारतै छाडेर आउन पनि सकिन्थ्यो होला, तर सँगै लिएर आउनुभयो । महेन्द्र राजाले ‘कु’ गरेर बीपी कोइरालालाई ८ वर्ष थुनेर भारत प्रवासमा बसेर हातमा ७ वटा ज्यान मुद्दा लिएर नेपाल फर्किँदै गर्दा पनि बीपी र गणेशमानले भन्नुभयो, राजा जति खराब भए पनि हामी संविधानभित्र बस्ने राजा चाहन्छौं भनेर आएको पार्टी हो, लुकाउनुपर्ने कारण छैन । हामी जन्मजात राजा चाहिँदैन भन्ने पार्टी होइन । हामी यो मञ्चमा बसेकाहरू राजा चाहिन्छ भनेरै आएका हौं। राजा मानेरै आएका हौं।’

राजा वीरेन्द्र मारिँदा कपाल खौरिएर १३ दिन बसेको स्मरण गर्दै उनले अब राजालाई संवैधानिक बनाउन नसकिने बताए ।

अहिले निर्मल निवासमा त यति धेरै उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटीमा बसेको भए कति मच्चाउँथे होला भन्दै उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस