काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।
आज भएको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश समेत जारी गरेको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो । यो फैसलापछि अर्का अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय यथावत रहने भएको छ ।
२१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त सचिव डा. देवकोटालाई सचिवमा बढुवा गरेको थियो । वरिष्ठताको क्रममा अगाडि भए पनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा। मिश्राले चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।