काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको राष्ट्रिय कार्य समितिमा फेरबदल र पुनर्गठन गरेका छन् ।
यसअघि प्रमुख आयुक्त महेन्द्र रञ्जितलाई बर्खास्त गरेका चौधरीले फेरि पुनर्गठन गरेर १४ सदस्यीय कार्य समिति घोषणा गरेका हुन् ।
देवराज घिमिरे प्रमुख आयुक्त रहेको कार्य समितिलाई बिहीबारै शपथग्रहण समेत गराइएको छ ।
चैत ५ गते गठित कार्य समितिमा सदस्य र आयुक्तहरू थप गरेर नयाँ कार्य समिति बनेको हो ।
नयाँ कार्य समिति
१. देवराज घिमिरे : प्रमुख आयुक्त
२. इन्दु सुवेदी : सह-प्रमुख आयुक्त (महिला विभाग)
३. कमल बहादुर देउजा : सह-प्रमुख आयुक्त (पुरुष विभाग)
४. भुवन सुब्बा :राष्ट्रिय शैक्षिक पद्धति आयुक्त (महिला विभाग)
५. सन्तोष कुमार थापा :राष्ट्रिय शैक्षिक पद्धति आयुक्त (पुरुष विभाग)
६. स्मृति बराल :अन्तराष्ट्रिय आयुक्त (महिला विभाग) एवं प्रवक्ता
७. अरुण बस्नेत : राष्ट्रिय सुशासन, श्रोत विकास तथा वित्त आयुक्त
८. जहर सिंह थापा :राष्ट्रिय कार्यकारी समिति सदस्य (जन सम्पर्क विभाग)
९. सुरज खनाल : राष्ट्रिय कार्यकारी समिति सदस्य (सदस्यता वृद्धि विभाग)
१०. सुस्मिता श्रेष्ठ :राष्ट्रिय कार्यकारी समिति सदस्य (वाग्स परियोजना विभाग)
११. नारायण बहादुर कार्की :राष्ट्रिय कार्यकारी समिति सदस्य (सञ्चार विभाग)
१२. अशोक कुमार थापा मगर : राष्ट्रिय कार्यकारी समिति सदस्य (विपद् व्यवस्थापन विभाग)
१३. बसन्तलाल शाक्य : राष्ट्रिय कार्यकारी समिति सदस्य (ग्रामीण विकास विभाग)
१४. सुदर्शन प्रसाद भट्टराई :राष्ट्रिय कार्यकारी समिति सदस्य (सामुदायिक विकास विभाग)