काठमाडौँ । राजावादी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङका पूर्व संयोजक डा. राजकुमार राईलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
उनी चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । उनलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको मा अदालतले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राई पहिले रास्वपा खोटाङका संयोजक थिए । पार्टीको जिल्ला नेतृत्व निर्वाचनमार्फत गएको पुसको मध्यमा हेरफेर भएको थियो । यो निर्वाचनमा जिल्ला सभापतिका लागि चुनाव लगेका राईले चुनाव हारेका थिए । चुनाव हारेपछि उनी पार्टीमा निष्क्रिय रहेको रास्वपाले जनाएको छ ।