१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकुलपतिहरूको सम्मेलनले जारी गर्‍यो  १० बुँदे लुम्बिनी घोषणा पत्र

अ+ अ-

काठमाडौँ । नेपालका विश्वविद्यालयहरूमा पाठ्यक्रमको एकरूपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका १० बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औँ न्युज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारबाट लुम्बिनीमा सुरु भएको थियो ।

सम्मेलनले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने घोषणा गरेको छ । समावेशी र पहुँचयोग्य शिक्षाको सुनिश्चितताको प्रतिबद्धता उपकुलपतिहरूले जनाएका छन् । उपकुलपतिहरूले तार्किक नक्सांकन, मानव संसाधनको पूर्वानुमान गरी आवश्यकताका आधारमा मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिएका छन् ।

नेपाल र भारतका गरी १४ जना उपकुलपति, पूर्व उपकुलपतिहरूले जारी गरेको घोषणा पत्रमा बजारभूखि र नैतिकतामा आधारित पाठ्यक्रमको विकास गर्नका लागि पूर्वीय दर्शन र नैतिक सिद्धान्तलाई सबै विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने उल्लेख गरिएको छ ।

एआईकोउपयोगद्वारा उच्च शिक्षाको गुणस्तरमा सुधार गर्ने, एआई सम्बन्धी तनाव व्यवस्थापनका लागि योग तथा ध्यान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । उच्च शिक्षाको मापदण्डीकरण र लगानीमा वृद्धि गर्न उपकुलपतिहरूले सुझाव दिएका छन् । मापदण्ड निर्धारणका लागि अन्तर्राष्ट्रिय स्तरको मूल्यांकन गर्ने निकायको माग गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संकाय आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा क्रेडिट बैंक, क्रेडिट ट्रान्सफर र संयुक्त डिग्री कार्यक्रमलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ । मौलिक ज्ञान र सांस्कृतिक एकीकरणको प्रवर्द्धन गर्न परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक अध्ययनमा समावेश गर्दै अनुसन्धान र विकासका लागि सहकार्यात्मक लगानी प्रवर्द्धन गर्ने उपकुलपतिहरूको घोषणा छ । नवप्रवर्तन र अनुसन्धान सहकार्यको प्रवर्द्धन गर्न साझेदारीमा अनुसन्धान गर्ने प्रतिबद्धता उपकुलपतिको छ ।

पर्यटन केन्द्रीय शैक्षिक कार्यक्रम विकास गर्ने, पर्यटकहरूलाई छोटो अवधिका शैक्षिक तालिमहरू उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । त्यस्तै रोजगारमुखी शिक्षाद्वारा प्रतिभा पलायन रोकथाम गर्नका लागि सीपमूलक पाठ्यक्रम लागू गर्ने र विद्यार्थीहरूलाई परामर्श तथा रोजगारमुखी तालिम प्रदान गर्ने घोषणा पनि उपकुलपतिहरूले गरेका छन् । उपकुलपतिहरूले चालु ०८० को दशकलाई प्राज्ञिक र सिर्जनात्मक शिक्षाको दशकका रूपमा प्राथमिकता दिने घोषणा गरेका छन् ।

घोषणापत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. धुब्रकुमार गौतम, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादव, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज केसी, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया, मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा. प्रदीप ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. डा. हृदयरत्न बज्राचार्य, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइराला, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकाल, भारतको नालान्दा विश्वविद्यालयका उपकुलपति प्रा. डा. अभयकुमार सिंह, सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. डा. कविता शाहले हस्ताक्षर गरेका छन् ।

उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रित रही उपकुलपति सम्मेलन आयोजना गरिएको थियो ।

सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी र विदेशी गरी १४ वटा विश्वविद्यालयसँग सहकार्य सम्झौता गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले अनुसन्धानसहित प्राज्ञिक उन्नयका क्रियाकलापहरू सहकार्यमा सञ्चालन गर्नका लागि सम्झौता गरिएको बताए ।

दुई दिने सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस