१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादपछि वैदेशिक रोजगार विभागका उपसचिवसहित १४ कर्मचारीको सरुवा

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागका उपसचिवसहित १४ जना कर्मचारीको सरुवा भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८१ चैत २१ गतेको निर्णयअनुसार विभागबाट अन्य कार्यालय र अन्य कार्यालयबाट विभागमा कर्मचारीहरूलाई कामकाजमा खटाइएको हो।

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार, वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीलाई वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा सरुवा गरिएको छ। त्यस्तै, शाखा अधिकृतद्वय जंगबहादुर राई र भक्तबहादुर पाण्डेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फिर्ता बोलाइएको छ।

यसैगरी, नायब सुब्बाहरू उमेश अधिकारीलाई वैदेशिक रोजगार बोर्डको सचिवालयमा, गणेश बास्तोला र रामप्रसाद आचार्यलाई श्रम मन्त्रालयमा तथा कम्प्युटर अपरेटर बिकु खतिवडालाई पनि श्रम मन्त्रालयमा सरुवा गरिएको छ।

त्यसैगरी, विभागमा उपसचिव टीकाराम ढकाललाई वैदेशिक रोजगार बोर्डको सचिवालयबाट खटाइएको छ भने शाखा अधिकृतद्वय शान्ति पौडेल र पुष्पाकुमारी झालाई श्रम मन्त्रालयबाट विभागमा पठाइएको छ। नायब सुब्बाहरू हुमकान्त रिजाल बोर्डको सचिवालयबाट, अनिल गौतम र दिलिपकुमार ओली श्रम मन्त्रालयबाट तथा कम्प्युटर अपरेटर साजिया खातुन पनि श्रम मन्त्रालयबाट विभागमा सरुवा भएकी छन्।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई म्यानपावर व्यवसायीले ठगी गरी रकम असुल्ने गरेको गुनासो नौलो होइन। तर, पछिल्लो समय खुलेआम दररेट तोकेर रकम असुल्न थालेको भन्दै चौतर्फी आलोचना बढेसँगै एजेन्ट, व्यवसायी र कर्मचारीबीच विवाद चर्किएको थियो। श्रम स्वीकृतिका लागि सञ्जालमार्फत सिन्डिकेट कायम गर्ने र दररेट बढाउने जस्ता गतिविधि बढ्दै गएपछि मन्त्रालयमाथि महानिर्देशकदेखि कम्प्युटर अपरेटरसम्म परिवर्तन गर्नुपर्ने दबाब परेको थियो।

बिहीबार मात्रै वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य खत्रीलाई मन्त्रालयमा तानिएको छ भने सहसचिव जीवलाल भुसाललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको छ।

सम्बन्धित समाचार: वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए, भुसाललाई नयाँ जिम्मेवारी

‘कमाउ अड्डा’का रूपमा कुख्याती कमाईरहेको विभागमा जान कर्मचारीहरूबीच हानथाप मात्र होइन, ठूलो मोलमोलाई र शक्ति संघर्षसमेत हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस