१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यान्मार भूकम्प: मृतकको सङ्ख्या ३३०० नाघ्यो

अ+ अ-

याङ्गुन । म्यान्मार ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले बताएको छ । संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्यांकले जनाएको छ ।

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।

संयुक्त राष्ट्रसंघको एक अनुमानअनुसार ७।७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

संयुक्त राष्ट्रसंघका शीर्ष सहायता अधिकारीले शनिवार मध्य म्यान्मारको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ ।

“विनाश आश्चर्यजनक छ”, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन्, “विश्व म्यान्मारका जनताको साथमा उभिनु पर्छ ।”

देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रवार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरू लगायत नेताहरूसँग भेट गरेका थिए ।

जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए ।

सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उनको सशस्त्र सेनाले म्यान्मारमा शासन गरेको छ । उक्त सैन्य कूले बहुपक्षीय द्वन्द्व निम्त्याएको छ र यो अझै समाधान हुन सकेको छैन ।

भूकम्पपछि जुन्ताले दर्जनौँ आक्रमण गरेको बताइएको छ । यसमा बुधवार अस्थायी युद्ध विराम घोषणा भएदेखि कम्तीमा १६ वटा आक्रमण भएको संयुक्त राष्ट्रसंघले शुक्रवार जनाएको छ ।

वर्षौँको लडाइँले म्यान्मारको अर्थव्यवस्था र पूर्वाधार तहसनहस पारेसँगै भूकम्पपछिको राहत प्रदान गर्न अन्तर्राष्ट्रिय प्रयासहरूलाई उल्लेखनीय रूपमा बाधा पुर्‍याएको छ । चीन, रूस र भारत उद्धार टोलीहरू म्यान्मार पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन मद्दत गर्ने पहिलो देशहरू मध्ये थिए ।

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा अन्तर्राष्ट्रिय विपद् राहतको अग्रणी रहेको छ तर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको मानवीय सहायता एजेन्सीलाई विघटन गरेका छन् । वासिङ्टनले शुक्रवार म्यान्मारलाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस