२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण

अ+ अ-

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले किसानका खेतबारीमै पुगेर कृषि बालीको उपचार गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले नगरभित्र व्यावसायिक खेती गर्ने किसानका खेतबारीमै समस्या समाधान गर्न थालेको हो ।

पहिलो चरणमा वडा नं १० को बेतीनी र वडा नं ७ को विगुटारको सुर्केमा बाली उपचार शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख अस्मिता दाहालले शिविरमा दुई वडाका ८५ जना कृषकले बोटबिरुवा तथा बाली उपचार सेवा लिएको बताइन् । उनका अनुसार वडा नं १० मा भएको शिविरमा ल्याइएका बोटबिरुवा तथा बाली परीक्षण गर्दा खुर्सानीमा औँसा किरा, आपमा ‘म्यांगो माल्फर्मेशन’, केरामा ‘पानामा रोग’, सुन्तलामा फूल झर्ने, तरकारीमा किरा लाग्नेलगायत समस्या देखिएको थियो ।

यस्तै, सिद्धिचरण-७ सुर्केमा सञ्चालित शिविरमा टमाटर, काँक्रा र तरकारी बालीमा ‘टुटा अप्सुलेटा’, केरामा ‘पानामा रोग’, तोरी सागमा लाइकिराको प्रकोप भेटिएको थियो ।

बाली तथा बोटबिरुवा विज्ञद्वारा समस्याको पहिचान गरी आवश्यक परामर्शसहित सिद्धिचरण-१० का ५२ र ७ का ३३ जना कृषकलाई औषधि तथा विषादी वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

गाउँमा कृषि प्राविधिक आएर खेतबारीमा लगाइएका फलफूल, अन्नबाली तथा तरकारी बालीमा देखिएका समस्या समाधान गरिदिएपछि किसान उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस