२५ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैत ३० गतेदेखि ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल’

अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक बास्केटबल संघले यही चैत ३० गतेदेखि दोस्रो संस्करण ‘अल नेपाल काभ्रे ओपन थ्री बास्केटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको प्रांगणमा आयोजना गरिएको प्रतियोगितामा मुलुकभरका उत्कृष्ट खेलाडी एउटै कोर्टमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ४० पुरुष र १५ महिलाको समूहबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसार र टिम दर्ता भइरहेको संघका अध्यक्ष शिव थापामगरले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्ड, प्रमाणपत्रसहित नगद रु. ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले रु. २० हजारसहित आकर्षक उपहार भौचर प्राप्त गर्नेछन् ।

बास्केटबलको विकास र नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता केबल खेलको मैदानमा मात्र सीमित नभई नेपालमा बास्केटबल संस्कृतिलाई थप मजबुत बनाउँदै खेलाडी, समर्थक र समग्र समुदायलाई एकसाथ ल्याउने लक्ष्य राखेको आयोजकको दाबी छ । यस्तै प्रतियोगिताले नयाँ पुस्ताका खेलाडीलाई प्रोत्साहित गर्न तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले गरेका छन् ।

प्रतियोगिताको करिब तीन हजार दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा गरिएको जनाइएको छ । यसअघि संघले गत वर्ष बनेपामा पहिलो संस्करणको उक्त प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस