२५ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा सेवा व्यापार र इ–कमर्ससम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सहकार्यमा सेवा व्यापार र विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने आवासीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा डब्ल्यूटीओ सचिवालयका विज्ञ स्रोत व्यक्तिहरू, सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालको अर्थतन्त्रमा ६० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने सेवा क्षेत्रको विकास र विस्तारले समग्र आर्थिक तथा सामाजिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ। विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा पनि यसको अंश प्रत्येक वर्ष वृद्धि भइरहेको छ। प्रविधिको विकाससँगै विद्युतीय व्यापार (इ–कमर्स) नेपालमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। यसलाई व्यवस्थित र प्रवर्द्धन गर्न सरकारले विद्युतीय व्यापार (इ–कमर्स) ऐन, २०८१ जारी गरिसकेको छ।

नेपाल व्यापार एकीकृत रणनीति, २०८० ले पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवालाई निर्यात सम्भावना बोकेका प्राथमिक क्षेत्रको रूपमा पहिचान गरेको छ। कार्यशालामा डब्ल्यूटीओका स्रोत व्यक्तिहरूले सेवा व्यापार र इ-कमर्सको सैद्धान्तिक अवधारणा, पछिल्ला विकास क्रम, डब्ल्यूटीओमा भइरहेका वार्ता र प्रगतिबारे अभिमुखीकरण प्रदान गरेका थिए।

कार्यशालामा डब्ल्यूटीओको सेवा व्यापारसम्बन्धी सामान्य सम्झौताका प्रावधान, सदस्य राष्ट्रहरूले गरेका प्रतिबद्धता, इ–कमर्ससम्बन्धी वार्ता, नेपालको सेवा व्यापारको वर्तमान अवस्था, विकासका लागि आवश्यक उपाय, इ(कमर्स नियमनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका विषयमा गहन छलफल भएको थियो।

मन्त्रालयले यो कार्यशालाले नेपालको सेवा व्यापार र विद्युतीय व्यापारको विकास, निर्यात प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय रणनीति तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। सबै सरोकारवाला निकायको सामूहिक प्रयासबाट यी क्षेत्रको प्रवर्द्धनमा ठोस कदम चालिने मन्त्रालयको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस