२५ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकका जायज माग सम्बोधन गर्न सरकारलाई कोइरालाको सुझाव

अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू अहिले सडक आन्दोलनमा छन्। आन्दोलन चर्किँदै जाँदा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र शिक्षकबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्।

कोइरालाले एक सार्वजनिक अपिल जारी गर्दै शिक्षकको समस्या समाधान गर्दै नियमित पठनपाठनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्। “सरकार र महासंघबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्ने आवश्यकता छ,” उनले उल्लेख गरेका छन्।

उनले विद्यालय शिक्षक र कर्मचारीलाई नियमित काममा फर्काउने वातावरण तयार पार्न पनि सरकारसँग अनुरोध गरेका छन्।

“शिक्षक कर्मचारीका जायज मागको सम्मान गर्दै शिक्षा क्षेत्रमा उत्पन्न समस्या हल गर्न जिम्मेवार भूमिका खेल्न सरकार तयार हुनुपर्छ,” कोइरालाले भनेका छन्।

सरकार र नेपाल शिक्षक महासंघबीच विभिन्न चरणमा भएको वार्तामा विद्यालय शिक्षा ऐन ल्याउने, समायोजन, बढुवा, स्थायी नियुक्ति, सेवा सुविधा लगायत विषयमा सहमति भए पनि कार्यान्वयन नभएको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

अहिले देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित भइरहेको अवस्थामा कोइरालाले राजनीतिक तहबाट पनि पहल जरुरी भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस