६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घोडाघोडी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका गौतम विजयी

अ+ अ-

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्।

अनेरास्ववियु र नेपाल विद्यार्थी संघको संयुक्त प्यानलका अध्यक्ष पदका साझा उम्मेदवार अशोक गौतमसहित प्यानल विजयी भएको हो।

उक्त क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विरासत भत्काउँदै अनेरास्ववियुको संयुक्त प्यानलले जित हासिल गरेको हो।

अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको जनाइएको छ। कैलालीमा त्रिवि अन्तर्गतको यस वर्षको स्ववियु निर्वाचनमा अनेरास्ववियुको यो पहिलो जित हो।

गौतम छ सय ७० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल (क्रान्तिकार)का गणेश भण्डारीले चार सय २८ मत प्राप्त गरे भने अर्का ‘विप्लव’ निकट अखिल समाजवादीबाट उम्मेदवार यामबहादुर खत्रीले १० मत प्राप्त गरे।

सचिवमा गौतम प्यानलकै नेविसंघका प्रविन सिंह विजयी भएका छन्। कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी विजयी भएका छन्।

त्यसैगरी, सदस्यमा गौतम पक्षको संयुक्त प्यानलबाट गोविन्द चौधरी, रमेश चौधरी, पद्यमा शाही, खिमा साउद, अनिता विक, सुवास चौधरी विजयी भएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पसमा १६ सय ९१ मतदाता रहेकोमा शनिबार मतदान कार्यक्रममा ११ सय २६ जनाले मतदान गरेका थिए। जसमा ११ सय १२ मत सदर हुँदा १२ मत बदर भएको घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन संयोजक विनोदकुमार खड्काले जानकारी दिए।

समानुपातिक तर्फसमेत अनेरास्ववियु ४२४ मत प्राप्त गरी पहिलो हुन सफल भएको छ। त्यसैगरी ३८९ मत प्राप्त गरी अखिल क्रान्तिकारी दोस्रो र २५४ मत प्राप्त गरी नेविसंघ तेस्रो विद्यार्थी संगठनको रूपमा रहेको जनाइएको छ। अन्तिम मत परिणाम आइतबार सार्वजनिक भएको हो।

यस अघि चैत ५ गते अन्तिम मतदाता नामावलीमा विवाद भएपछि स्थगित भएको निर्वाचन शनिबार सम्पन्न भएको थियो।

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबिच चुनावी तालमेल हुँदा नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियु चुनावी तालमेल प्रतिस्पर्धा रहेका थिए।

प्रतिक्रिया दिनुहोस