६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा निर्वाचन निषेध गरेर एकीकृत समाजवादीको नेतृत्व चयन

अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) नेतृत्वले प्रतिस्पर्धा रोक्दा मोरङ जिल्ला अधिवेशन ६ दिनमा सकिएको छ । 

गत मंगलबार सुरु ९ औँ जिल्ला अधिवेशन बुधबार सक्ने तयारी थियो ।

नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सर्वसम्मत नेतृत्व चयन हुन सकेन, निर्वाचन गर्न नेताहरुले रोके । निर्वाचन रोकिएपछि प्रतिनिधि घर फर्किएपछि आइतबार जिल्ला नेतृत्व चयन भएको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मीका अनुसार चन्द्रवीर राईको नेतृत्वमा जिल्ला कमिटी गठन भएको छ । राई यसअघि पनि अध्यक्ष थिए । एक जना पदाधिकारी र १४ सदस्य छनोट गर्न बाँकी छ । जिल्ला कमिटी बैठकले पदाधिकारी र सदस्य मनोनीत गर्ने उनले बताए ।

जिल्ला अधिवेशनमा नेतृत्वका आकाक्षी बढी भएपछि प्रतिनिधिले निर्वाचन माग गरेका थिए । तर उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरी, महेश रेग्मीलगायतका नेताले निर्वाचन गर्न दिएनन्, प्रतिनिधि घर फर्किएपछि आइतबार जिल्ला कमिटी गठन गरेका हुन् । 

जिल्ला अध्यक्षमा चन्द्रबीर राईसँगै दीपक ढकाल र उद्धव पोखरेल दाबेदार थिए । राई नै अध्यक्ष बन्दा ढकाल उपाध्यक्ष बनेका छन्,पोखरेलले अस्वीकार गरेपछि एउटा उपाध्यक्ष खाली राखिएको हो ।

जिल्ला कमिटीको सचिवमा तुलसी ढकाल चयन भएका छन् । भूपाल बस्नेत, ढक बहादुर राई र सुभद्रा राईलाई उपसचिव बनाइएको छ । पदाधिकारी सरह नै रहने गरी प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ ।

जिल्ला अधिवेशनले ९१ सदस्य निर्वाचित गर्नुपर्ने थियो । ७७ सदस्य मात्रै चयन गरेको छ ।

एमालेबाट विभाजन भएपछि बनेको नेकपा एसले पहिलो अधिवेशन हो, तर एमालेकै संख्या गणना गरेका कारण नेताहरुले यसलाई नवौँ जिल्ला अधिवेशन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस