काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सिंहदरवारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सिंहदरवारको नाम मान्छे दरबार राखेको भए सिंहदरवार भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थिए भन्दै नाम परिवर्तन गर्नुपर्ने बताएका हुन ।
‘सिंहदरवार नभएर मान्छे दरवार नाम राखिदिएको भए त्यहाँ भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थें! नामै गलत छ दरबार को ! लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने लाग्छ! सेवा केन्द्र नाम राख्दा राम्रो !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
