काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहण दलका सदस्यसहित जान लागेकी असई कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ । उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् ।

हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आइजिपी दिपक थापाले शेर्पालाई लैंगिक हिंसाविरुद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाइ गरेका छन् । थापाले यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरेका छन् ।
साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई कृतज्ञता जनाएका छन् ।
