काठमाडौँ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त बैठक राखेका छन् ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको पूर्वसन्ध्यामा संयुक्त बैठक राखिएको हो ।
बैठकमा नेपाल प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका उच्च अधिकृतहरू सहभागी थिए ।
बैठकमा समसामयिक सुरक्षा अवस्थाबारे छलफल साथै भावी रणनीतिबारे समेत कुराकानी भएको बताइएको छ ।