मोरङ । विराटनगर महानगरपालिकाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलि ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बेलाबारी नगरपालिका-८ बस्ने २८ वर्षीय मिलन थापा र ३९ वर्षीय केशर कुमार मगर रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।