३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा, फेरिए विमानस्थलका हर्ताकर्ता

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सात जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले विमानस्थलमा कार्यरत अधिकृतहरूलाई फिर्ता बोलाएर विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, निर्देशक र उपसचिवहरूलाई नयाँ जिम्मेवारी दिएको हो।

प्रशासन सिंहदरबार विशेष ब्युरोले प्राप्त गरेको जानकारीअनुसार फिर्ता बोलाइएका वरिष्ठ अध्यागमन अधिकृतहरूमा सीता परियार, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्याय रहेका छन्। यीमध्ये रेग्मीलाई जिल्ला प्रशासन कार्यालय पर्साको सहायक प्रमुख जिल्ला अधिकारी र जोशीलाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। बाँकी पाँच जनालाई भने गृह मन्त्रालयमा तानिएको छ। जसमध्ये कतिपय वरिष्ठ अध्यागमन अधिकृतले राजनीतिक आडमा बढी नै राइँदाइँ गरेको चर्चा चुलिएसँगै थप आलोचना रोक्न उनीहरूलाई सरुवा गर्नुपरेको अधिकारीले जनाएका छन् ।

त्यस्तै, अध्यागमन कार्यालयमा नयाँ खटाइएका उपसचिवहरूमा अध्यागमन विभागका निर्देशक ईश्वरी दत्त पनेरु, कारागार कार्यालय डिल्लीबजारका निर्देशक पूर्ण बहादुर खत्री, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी फणीन्द्र प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र गृह मन्त्रालयका उपसचिव खेम राज उपाध्याय रहेका छन्।

पछिल्लो समय अध्यागमन कार्यालयमा गुनासो बढ्दै गएको र त्यसको निरन्तर दबाबपछि मन्त्रालयले यो टोली फेरबदल गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस