काठमाडौँ । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ ।
सूचीकृत कम्पनीको अन्तिम कारोबार मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा गणना हुँदा अघिल्लो दिनको तुलनामा बजार ३.४४ अंक घट्न पुग्यो ।
दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन् ।
१२ : ५२ बजे २६३२ अंकसम्म झरेको बजार त्यसपछि सम्हालिएको हो । यहीँ क्रममा २ : ४५ देखि ३ : ०० बजेसम्मको कारोबारमा कम्पनीको भारित औसत मूल्य गणना आधारमा सूचक हेरफेर हुँदा बजार घट्न पुग्यो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घटेको छ ।