काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ ।
बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।
बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, महाअधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य, विविध लगायत रहेको झाले जानकारी गराएका छन् ।