काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद प्रसाद वर्णवालसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
