३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङदेनको टिप्पणी-‘जेल सुविधाजनक बनाएर राख्नुस्, पछि तपाईँहरू नै बस्ने हो’

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन् ।

आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएकोलाई इखको रूपमा लिएको बताए ।

आज आयोजित राप्रपाको आमसभामा बोल्दै लिङदेनले थुनामा रहेका नेताहरूलाई निशर्त छोड्न आग्रह गरे । राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौँ मानिसहरू थुनिन तयार रहेको भन्दै जेलहरू खाली गर्न सुझाव दिए ।

लिङदेनले भने, ‘ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले ईखको रूपमा लिएका छौँ । चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राख्नुभएको छ, हाम्रो उपाध्यक्षलाई हतकडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनुभएको छ । यसले हामी होचिएका छैनौँ । ईखको रूपमा लिएका छौँ । राजा चाहिन्छ भनेका कारण मानिसहरू थुन्ने हो भने हामी लाखौँ थुनिन तयार छौँ । हाम्रा लागि जेल खाली गर्नुस् । यो सँगसँगै याद राख्नुस्, तपाईँहरूले देशमा लुटतन्त्र मच्चाएर राख्नुभएको छ, त्यसलाई राम्रोसँग हेरेका छौँ । तपाईँहरू जेल राम्रो बनाएर राख्नुस्, पछि आफू नै बस्ने हो । त्यो दिन आउँछ आउँछ । तपाईँहरू जीवनको उत्तरार्द्धमा जेल बस्ने नै हो । मन्त्री, प्रधानमन्त्री भएर बस्ने सुविधा सम्पन्न क्वाटरमात्र होइन जीवनको उत्तरार्द्धमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुस् । म भन्न चाहन्छु सत्ता साँधैभरि तपाईँहरूको हातमा हुँदैन । जनता तपाईँको गोठको गाईबस्तु होइन । हाम्रा नेताहरूलाई निशर्त छोड्नुस् । दुस्ख दिएँ, चाखिस् भन्नुहोला । जति दिन थुन्नुहुन्छ यो जनमत दिन दुईगुना रात चौगुना बढेर जान्छ । राजा चाहिन्छ हिन्दु, राष्ट्र चाहिन्छ भन्नु संगठित अपराध हो ?

प्रतिक्रिया दिनुहोस