४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई दिए भ्रष्टको संज्ञा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई भ्रष्टको संज्ञा दिएका छन् । 

मंगलबार गृह जिल्लामा पत्रकार भेटघाट गर्दै उनले सरकारले भ्रष्टाचारीलाई रक्षा गरेको आरोप बताएका हुन् ।

‘भ्रष्टाचारी र दलालहरूलाई रक्षा गर्न र दलाल विरोधी अभियानलाई रोक्न हाम्रो सरकार ढालेर यो सरकार बनेको हो,’ उनले भने, ‘यो सरकारले भ्रष्टाचारीलाई रक्षा गरेको छ, भ्रष्टाचारलाई निरन्तरता दिएको छ । त्यसैले यो सरकार भ्रष्ट सरकार हो ।’

लोकतान्त्रिक उपलब्धीको अभ्यास आम जनतालाई गर्न दिनुको सट्टा अहिलेको सरकारले निरकुंश प्रवृत्ति प्रस्तुत गरिरहेको पनि उनले बताए । प्रतिगामी शक्तिहरू सलबलाउनुमा सरकारको अहिलेको क्रियाकलाप र गतिविधि नै प्रमुख कारण रहेको उनको भनाइ छ ।

‘लामो कालसम्म प्रतिगामी शक्तिहरू चुप लागेर बसेको अवस्थामा आज उनीहरूले टाउको उठाउने, सलबलाउने अवस्था किन आयो ?,’ उनले भने, ‘मुख्य त सरकारको क्रियाकलापले जनतामा पैदा भएको असन्तुष्टि निराशा र आक्रोशका कारण त्यसलाई आधार बनाएर प्रतिगामीहरूले टाउको उठाइरहेका छन् ।’

आफूहरू प्रतिगमनकारीविरुद्ध रहेको बताउँदै उनले प्रतिगमनको सपना नदेख्न चेतावनी पनि दिए । राजतन्त्र पुनर्वहाली गर्न भन्दै प्रतिगामी शक्तिहरूले गरेको आन्दोलनलाई सरकारले ठिक ढंगले ‘डिल’ गर्न नसक्दा अराजकता बढेको उनको जिकिर थियो ।

‘विस्थापित भएका शक्तिहरू मौका पाए आउन खोज्छन्, त्यो उनीहरूको प्रवृत्ति हो । तर त्यो आधार नदिन अहिलेको सरकारले आफूहरूलाई सच्याउनुपर्छ,’ उनले भने । जनतामा छाएको निराशा र असन्तुष्टि अन्त्यका लागि अहिलेका पार्टीहरू सच्चिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस