काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय सचिवालय बस्न लागेको हो।
आजको बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै पार्टीका अधिवेशनबारे र चितवनबाट आरम्भ भएको जनयात्रालाई निरन्तरता दिनेबारे पनि छलफल हुनेछ । यसका साथै सचिवालय बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको कामबारे पनि छलफल हुने बताएको छ ।