काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर राना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०-८१ सम्म संकलन गरेको राजश्व रकम हिनामिना गरेको आरोप रानामाथि छ।
हिनामिना गरेको उजुरी पछि अख्तियारको टोलीले उनलाई सम्बन्धित कागजातसहित पक्राउ गरेको हो।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।