४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिरिक्त स्वास्थ्य सचिवका लागि २४ जनाको आवेदन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवाका लागि २४ जनाले आवेदन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार रिक्त दुई अतिरिक्त सचिव पदमा २४ जनाले आवेदन दिएका हुन् ।

गत १२ फागुनमा स्वास्थ्य सचिवबाट डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिवबाट डा. दीपेन्द्ररमण सिंहले अवकाश पाएका थिए । रिक्त सचिव पदमा डा. विकास देवकोटाले नियुक्ति पाएपछि दुई अतिरिक्त स्वास्थ्य सचिव पद रिक्त भएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहबाट सचिव सहित ५ जना अधिकृत १२औँ तहको दरबन्दी छ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ ९२० बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्न भन्दै रिक्त दुई पदका लागि सचिवालयले गत ६ चैतमा सूचना प्रकाशित गर्दै आवेदन मागेको थियो ।

आवेदकहरूको फारम रुजु गर्ने काम भइरहेको सचिवालयले जनाएको छ । दुर्गममा काम गरेको र सेवा अवधिका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने आधारमा बढुवाका लागि सिफारिस गरिनेछ ।

आवेदन दिनेमा डा. दिपक थापा, डा. सञ्जयकुमार ठाकुर, डा. यदुचन्द्र घिमिरे, डा. कृष्णप्रसाद पौडेल, डा. किरणमणि पौडेल, डा. सरोज शर्मा, डा. रुना झा छन् ।

यसैगरी डा. चुमनलाल दास, डा. अनुज भट्टचन, डा. बासुदेव जनार्दन प्रसाद उपाध्याय, दुर्गालक्ष्मी श्रेष्ठ, डा. सरोज शर्मा, डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल र डा. किरणमणि पौडेलले बढुवाका लागि आवेदन दिएका छन् ।

यस्तै, डा. राजन पाण्डे, डा. प्रभा चापागाईँ, डा. श्रीकृष्ण श्रेष्ठ , डा. विष्णुप्रसाद शर्मा, डा. प्रविण श्रेष्ठ, डा. केशरबहादुर ढकाल, डा. विनोदविन्दु शर्मा, डा.श्रवण कुमार थापा, डा. अजित रायमाझी, डा. चन्द्रभाल झा र डा. डेलसिह जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस