काठमाडौँ । नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । सरकारले बोलाएको वार्तामा भोलि (बिहीबार) शिक्षक महासंघ जान लागेको हो ।
महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति बनाउने वा को-को जाने भन्ने लगायत विषयमा रणनीति बनाउन बैठक बसिरहेको छ ।
आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुली महासंघ आन्तरिक छलफलमा रहेको बताउँछिन् ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार पनि शिक्षक महासंघले वार्तामा बस्ने बताएको छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ ।