काठमाडौँ । सखुवासभास्थित सगरमाथा क्षेत्रमा ठूलो हिमपहिरो गएको छ। बुधबार बिहान सगरमाथा बेस क्याम्पमाथि हिमपहिरो गएको हो। हिमपहिरोले सगरमाथा चढ्ने बाटोमा क्षति पुर्याएको छ।
पर्यटन विभागका अनुसार बेस क्याम्प र प्रथम क्याम्पबीचमा उक्त हिमपहिरो गएको हो। हिमपहिरोले प्रथम क्याम्प जाने बाटोका भर्याङ र डोरीहरू पुरिएको छ। ४ वटा भर्याङ र चढ्ने डोरीहरू पुरिएको हो।
हिमपहिरोले भर्याङ र डोरीमा क्षति पुर्याएपछि सगरमाथा चढ्ने कार्य केही दिनका लागि स्थगित गरिएको छ ।