काठमाडौँ । धनगढी एफसी र पोखरा थन्डर्स एफसीलेले नेपाल सुपर लिग (एनएसएल)मा बुधबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नतिजासँगै धनगढीको तीन खेलबाट पाँच अंक पुगेको छ । पोखराको पनि चार खेलबाट चार अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको आठौँ मिनेटमा सुरज ठकुरीको क्रसमा समीर तामाङको हेडर क्रसबार नजिकैबाट बाहिँरदा पोखराले अग्रता लिन सकेन ।
सर्जियो बार्बाजोले ३५औँ मिनेटमा पहिलो बारमा हानेको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे।
प्रिसो ४३औँ मिनेटमा पनि बाधक बने । रनदीप पौडेलको पासमा बक्स भित्रबाट दीपेश राईको प्रहारलाई प्रिसोले गोलमा परिणत हुन दिएनन् ।
अहमद हिजाजी वान भर्सेस वानमा चुक्दा धनगढीले ८०औँ मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो । उनको प्रहारलाई गोलकिपर प्रिसोले बचाइदिएका थिए ।