५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ताइस टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग स्वरूप पठाएको छ । परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी, पत्रकारलगायत १६ सदस्यीय टोली उक्त राहत सामग्री लिएर बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

टोलीले आज बिहान राहत सामग्री म्यान्मार सरकारका प्रतिनिधिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण पूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । निजी क्षेत्र र सरकारको तर्फबाट २७ टन सामग्री हस्तान्तरण गर्न लागिएको हो ।

म्यान्मारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट तीन हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूची माग गरेकामा प्राप्त सूचीअनुसार खाद्यान्न, औषधिलगायत आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको महाशाखा प्रमुख अधिकारीले बताए । 

यसअघि नेपाली सेनाको चिकित्सक टोली त्यहाँ गइसकेको छ । भूकम्पबाट क्षतिग्रस्त म्यान्मारलाई सरकारले आवश्यक परेका सामग्रीहरूको सूची माग गरेको थियो । म्यान्मारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधिहरू, मेडिकल टोलीहरू रहेको र आवश्यक राहत सामग्री उपलब्ध गराउन लागिएको हो । यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यान्मारमा गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस