५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्यमी किसानलाई कृषि कर्जामा अनुदान

अ+ अ-

ओखलढुंगा ।  कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने भएका छन् । उत्पादनमूलक उद्यम गर्ने व्यावसायिक किसानलाई प्रदेशको उद्योग तथा कृषि मन्त्रालयले कर्जामा ब्याज अनुदान दिने जनाएको हो ।

प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार अनुदान परिचालन गर्न जिल्ला जिल्लामा सरोकार भएकाहरूसँग छलफल गरिरहेको छ । बुधबार ओखलढुङ्गामा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजना र प्रदेश सरकारको समन्वयमा आयोजित कार्यक्रममा उद्यमी कृषक, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू, गाउँपालिकाका उपप्रमुख, सबै स्थानीय तहका कृषि शाखाका प्रमुखहरूसँग कृषि कर्जामा सरकारले दिने ब्याज अनुदानको मापदण्ड र पुर्‍याउनुपर्ने प्रक्रियाका विषयमा जानकारी दिइएको थियो । 

कृषि क्षेत्रमा व्यावसायिक रूपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषि उपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराइ कृषि व्यवसाय प्रवर्द्धन गर्न प्रदेश सरकारले उद्यमी किसानलाई कृषि कर्जामा ब्याज अनुदान दिने कार्यविधि पनि सार्वजनिक गरिएको छ ।

अनुदानको अवधारण, कर्जा पाउन सक्ने किसानको छनोट, कर्जा प्रवाहमा पालना गर्नुपर्ने नियम, कृषि कर्जा स्वीकृति प्रक्रिया, कर्जाको सीमा, अवधि र शर्त, ब्याज अनुदान दर, अनुदान भुक्तानी प्रक्रियालगायत विषयमा सरोकार भएकालाई मन्त्रालयका कृषि परामर्शदाता नवीन अधिकारीले जानकारी दिएका थिए ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले देशको समृद्धिको आधार कृषि नै भएकाले कृषि क्षेत्र र किसानको उत्थानका लागि संघ प्रदेश, स्थानीय तहको सक्रियता आवश्यक भएको बताए । 

सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले किसानमैत्री यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस