तनहुँ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा हर्कपुर मोटर मार्गअन्तर्गत बेसारे गौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले रु. दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी बताए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए ।