काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाल रहेका छन् ।
प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौँको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रुपैयाँ जरिवाना ठहर भई उनी फरार रहेका थिए । फरारपछि उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले गोरखा, गोरखा नगरपालिकाबाट मगंलवार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको नेपाल प्रहरीले जनाएको छ ।