कालीकोट । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-हुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कालिकोटको रास्कोट नगरपालिका-८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका-८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए । “अहिले पहिरो पन्छाउने काम भइरहेको छ”, उनले भने “आज नै सडक सञ्चालनमा आउँछ ।”